सेयर बजारको समस्या अध्ययन गर्न समिति गठन

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
Artha

सेयर बजार नियमित रुपमा ओरालो लाग्दै गएपछि अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकेर समाधानका उपाय सहित प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । अध्ययनकालागि धितोपत्र बोर्डकै प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक/एक जना प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ।

सेयर बजारलाई वेवास्ता गरेको र सेयर बजार सुधारको लागि सरकार गम्भीर नभएको भन्दै अर्थमन्त्री शर्माको आलोचना समेत हुँदै आएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५