भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • May 3, 2023
indrajit rai

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा गृह मन्त्रालयको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको हो  ।

डा. राईविरुद्ध पीडितहरूले जाहेरी दिएपछी अनुसन्धानका क्रममा उनलाई प्रहरीले ललितपुरको सौखेलस्थित निवासबाटै पक्राउ गरी काठमाडौं परिसरको टेकुस्थित हिरासतमा राखिएको छ । डा. राईलाई संगठित अपराध र ठगीसम्बन्धी कसुरमा कारबाही अघि बढाइएकोे प्रहरीले जनाएको छ।

प्रहरीले राईसँग गृह मन्त्रालयका अन्य व्यक्तिहरूविरुद्ध पनि प्रमाण जुटेको र गृहका तत्कालीन अधिकारी तथा केही उच्चपदस्थ कर्मचारी उपर पनि छानबिन अघि बढेको जनाएको छ। घटनामा डा. राईका छोरा नीरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ भने पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाको पनि घटनामा संलग्ननाता रहेको बताइएको छ । प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पनि पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक हुन् भने, शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५