कर्णाली प्रदेशसभा बैठक माघ २५ गतेसम्म स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • १६ माघ २०८१, बुधबार ०६:५७
Karnali Sarkar

कर्णाली- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ।

कर्णाली प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक माघ २५ गते सम्मका लागि स्थगित भएको जानकारी गराएको हो।

आइतबार कर्णाली प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो भने मंगलबार सरकार र माओवादी केन्द्रबीच कुनै सहमति हुननसकेपछि बैठक स्थगित भएको थियो। लगत्तै कर्णाली प्रदेशसभा सचिवालयले माघ २५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरेर स्थगन

तर, आजको प्रदेशसभा बैठक पनि माओवादी केन्द्रका कारण बस्न नसकेपछि माघ २५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरेर प्रदेशसभाको बैठक स्थगन गरेको हो।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५