साइबर सुरक्षा नीति अन्तर्गत राष्ट्रिय सुरक्षा केन्द्र स्थापना हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2023
cyber security image

श्रावण २४, काठमाडौँ- मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ स्वीकृत गरेको छ । देशमा पहिलोपटक साइबर सुरक्षासम्बन्धी नीति बनेसंगै साइबर सुरक्षा नीति अन्तर्गत राष्ट्रिय सुरक्षा केन्द्र स्थापना हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले साइबर स्पेस र डिजिटल डाटालाई सुरक्षित बनाउने उद्देश्यले सरोकारवालासँग विस्तृत छलफल गरी राष्ट्रिय साइबर सुरक्षा नीति बनाएको र यस नीतिले थप ऐन–कानुन बनाउन सहज भएको बताउँदै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पनि परिकल्पना गरिएको जानकारी दिएका छन्। सरकारले २४सै घण्टा सञ्चालन गर्ने गरी साइबर सुरक्षा केन्द्र स्थापना गर्न लागेको हो।

साइबर सुरक्षा नीतिमा साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवद्र्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, रोकथाम, पहिचान, प्रतिक्रिया तथा पुनर्लाभ गर्न सातै दिन २४सै घण्टा सम्पर्क निकायको रूपमा कार्य गर्न, डिजिटल फरेन्सिकको अनुसन्धान गर्न तथा साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायका रूपमा समेत कार्य गर्ने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिनेछ ।’ नीति बनेपछि इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियू)को ढाँचाअनुसार काम गरिने सञ्चार मन्त्रालयका प्रवक्ता सुवेदीले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५