निर्वाचनको लागि २५ सय ५६ सवारी भाडामा

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2022
election patrol vehicles

आगामी निर्वाचनको लागि सरकारले २५ स ५६ वटा सवारी भाडामा लिने भएको छ।

सवारीसाधन किन्न बजेट अभाव रहेको भन्दै अर्थ मन्त्रालयले १५ दिनका लागि २५ सय ५६ वटा सवारी भाडामा लिने तयारि गरेको छ। सरकारले निर्वाचनको लागि आवश्यक सवारीको अस्थायी व्यवस्थापन गर्ने गरि बजेट छुट्याएको छ।

सरकारले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीलाई १ हजार ६0६ र सशस्त्र प्रहरीका लागि ९ सय ५० थान गरि कुल २ हजार ५ सय ५६ वटा चार पाङ्ग्रे सवारीसाधन भाडामा लिन सहमति दिएको छ । अर्थ मन्त्रालयले १५ दिनको लागि प्रतिसवारीको एक दिनको भाडा १० हजार हुने गरी २ हजार ५ सय ५६ वटा सवारीको लागि बजेट विनियोजन गरेकोमा, सुरक्षा निकायका अधिकारीले भने १५ दिनको सट्टा १० दिन कायम गरेर भाडामा लिइने सवारी संख्या बढाउने बताइएको छ।

यसअघि अर्थ मन्त्रालयले निर्वाचन सुरक्षा बजेट व्यवस्थापनका क्रममा नेपाल प्रहरीका लागि १ सय ५० थान सवारी किन्न ७५ करोड रुपैयाँ र सशस्त्रलाई ५० थान किन्न २५ करोड रुपैयाँ निकासा गरेको थियो ।नेपाली सेनाले भने भाडामा सवारी आवश्यक पर्ने वा नपर्ने भन्ने जिम्मा सम्बन्धित जिल्लास्थित युनिटबाटै तय हुने जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५