काठमाडौँको कपनमा आगलागी: ३ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • ५ आश्विन २०७९, बुधबार २०:५५
kapan fire

कपनको राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बेलुकी करिब पौने ७ बजे सुरु भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्रेकिङ्ग अफिसको घरको भूइँतलामा ग्यास सिलिण्डर विस्फोट भएर आगलागी भएको बताइएको छ । अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन। यधपी मृत्यु हुनेमा कम्पनीमा नै काम गर्ने कामदार हुनसक्ने अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दमकल प्रयोग गरिएको छ। आगालागीमा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। यधपी अझै कोहि घाइते छन् या के कति क्षति भयो भन्ने कुराको जानकारी भने प्रारम्भिक अनुसन्धानमा स्पष्ट हुन सकेको छैन।

तस्विर:सामाजिक सञ्जाल

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५