अस्पतालको सेवा बन्द गरेर राष्ट्रपतिको कार्यक्रममा उपस्थित हुन निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2022
rashtrapati program

चिकित्सा शास्त्र अध्ययन संस्थानले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर संस्थानको ५०औँ वार्षिकोत्सव समारोहमा उपस्थित हुन उर्दी जारी गरेको छ।

श्रावण १ गते, दिउँसो १२:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कार्यक्रममा राष्ट्रपति बिध्या देवी भण्डारीको उपस्थिति रहने भन्दै, उक्त कार्यक्रमका लागि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर कार्यक्रममा उपस्थित हुन उर्दी जारि गरिएको छ।

चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाहले त्रि वि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई लेखेको पत्रमा आकस्मिक बाहेक सबै सेवा बन्द गरेर विभागीय प्रमुख लगायत सबै फ्याकल्टीहरुलाई कार्यक्रममा उपस्थित हुन निर्देशन गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५