दोस्रो दिन पनि आफ्नो बयान दिँदै जबरा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 1, 2022
Cholendra Shamsher Rana

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान आज दोस्रो दिन पनि सुरु भएको छ ।

प्रतिनिधिसभा, महाभियोग सिफारिस समितिले जबरासँग बयान लिइरहेको छ । हिजो जबराले संसदीय समितिमा झण्डै चार घण्टा समय लगाएर चार प्रश्नको जवाफ दिएका थिए । जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार पारेको बताइएको छ । हिजोको बयानमा जबराले आफूमाथि लागेको आरोपमा आफू दोषी नभएको बताएका थिए ।

महाभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरिएको छ ।

सत्तारुढ दलका सांसदले जबराविरुद्ध २०७८ फागुन १ गते आफ्नो आधिकारिक जिम्मेवारी विपरित काम गरेर संविधान र कानुन उल्लंघन गरेको भन्दै महाभियोग दर्ता गरेका थिए ।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9c/
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५