चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ।
७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्नुभएको डा. केसीको स्वास्थमा गम्भिर समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। सेती प्रादेशी अस्पतालले पनि उहाँको स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि उपचारको लागी विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गर्दै विज्ञप्ति जारि गरेको छ।
अस्पतालको अनुसार केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएकोले थप जटिलता उत्पन्न हुन सक्ने जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्