एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित

  • नेपाल राष्ट्रिय दैनिक
  • June 9, 2022
Nepali Football Team 0u7Dozn75X

कुवेतस्थित जावेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल २–० को गोल अन्तरले जोर्डनसँग पराजित भएको छ।

प्रशिक्षक र खेलाडीबीच विवाद भएपछि ११ जना सिनियर खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोलीको कप्तानी नवयुग श्रेष्ठले सम्हालेका थिए।

टोलीका नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ लगायतका अनुभवी खेलाडीलाई टोलीभन्दा बाहिर राखिएको छ।

नेपालले शनिबारको अर्को खेलमा घरेलु टोली कुवेतको सामना गर्नेछ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५