नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिको तयारीमा सरकार

  • नेपाल राष्ट्रिय दैनिक
  • May 1, 2022
pradhanmantri karyalay mantrparishad

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएपछी सरकारले नयाँ महानिरीक्षक नियुक्तिको तयारी सुरु गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल गर्न आज बिहान ११ बजेको लागि मन्त्रिपरिषदको बैठक आहवान समेत गरिएको छ। बैठक अघी नै प्रधानमन्त्री देउवाले गृहमन्त्री लगायत गठबन्धनका शिर्ष नेताहरुसंग छलफल अगाडी बढाउनु प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको थियो ।

सशस्त्र प्रहरी तर्फबाट यसघि मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको राजु अर्याल एकल दाबेदारको रुपमा रहँदै गर्दा नेपाल प्रहरी तर्फ भने विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक दाबेदारको रुपमा रहेका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५