नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
केहीबेर अघि मात्र पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजनाको विषयमा पनि छलफल गरिनेछ।
त्यस्तै स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषयमा पनि छलफल हुने बताइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्