पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको आरोपमा राजधानी इस्लामावादको अदालतमा उपस्थित हुँदा पक्राउ परेपछि पाकिस्तानका सहरहरूमा विरोध प्रदर्शन सुरु भएको छ ।
पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले समर्थकहरूलाई सडकमा आउन आग्रह गरेको छ र खानका हजारौं समर्थकहरूले राजधानी इस्लामावाद, कराँची, लाहोर, पेशावर र अन्य सहरहरूमा उनको गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका छन् । सरकारबाट बाहिरीएसंगै उनिमाथि दर्जनौं मुद्दाहरु लगाइएको छ र ति सबै आरोपहरु निराधार भएको र केवल राजनीतिक प्रतिशोधको लागि आफुमाथी प्रहार गरिएको उनले बताएका छन्।
यता,इस्लामाबाद पुलिसले भने इमरान खानलाई कादिर ट्रस्ट मुद्दामा गिरफ्तार गरिएको बताएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्