रक्सीले मातिएका विधुत प्राधिकरणका कर्मचारीले पत्रकार कुटेपछि

  • नेपाल राष्ट्रिय दैनिक
  • July 15, 2022
Nepal Electricity Authority bidhut

भरतपुर, चितवन: समाचार सङ्कलनको क्रममा विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय पुगेका पत्रकार कृष्ण आचार्यलाई प्राधिकरणका कर्मचारीले कुटपिट गरेका छन्।

शुक्रबार दिनभर भरतपुरको विभिन्न क्षेत्रमा विधुत अवरुद्ध भएपछी रिपोर्टिंगको क्रममा पत्रकार आचार्य विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय पुग्दा कार्यालयका कर्मचारीहरु मासु र मदिराको भोजमा व्यस्त थिए। सरकारी कार्यालयमा देखिएको सो घटनाको तस्विर खिचेपछि रक्सीले मातिएका प्राधिकरणका कर्मचारीले पत्रकार आचार्यमाथि हातपात गरेका हुन्। कर्मचारीको कुटपिटबाट पत्रकार आचार्यको शरीरको लुगा समेत च्यातिएको र हातमा चोट लागेको छ भने,उनि प्राधिकरणको पर्खाल चढी भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ।

दोषीलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राख्दै चितवनका पत्रकारहरुले नाराबाजी गरेपछि प्रहरीले प्राधिकरणका कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

पत्रकार आचार्य प्रेस चौतारी चितवनको उपाध्यक्ष समेत हुनुहुन्छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५