नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको राष्ट्रपतिको कदम विरुद्धको रिट निवेदन न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।
संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा पाँच वटा मुद्दा परेका छन् । एकसाथ पेशीमा चढेको उक्त रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ।
अधिवक्ता सुनिलरञ्जन सिंह लगायत अधिवक्ता सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ । उनीहरुले दर्ता गरेको रिटमा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका नाममा सर्वोच्च अदालतबाट परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्