युक्रेन संकटले युरोपियन युनियनको पतन निम्त्याउन सक्छ: एलेक्सिस सिप्रास

  • नेपाल राष्ट्रिय दैनिक
  • September 19, 2022
Alexis Tsipras greece

ग्रीसका पूर्वप्रधानमन्त्री तथा वर्तमान विपक्षी दलका नेता एलेक्सिस सिप्रासले युक्रेन र रुसबीच जारी द्वन्द्वमा युक्रेनबाहेक दोस्रो ठूलो हार व्योहोर्नेमा युरोपियन युनियन रहेको र युक्रेन संकट जारी रहेमा यसले युरोपियन युनियनको पतन निम्त्याउन सक्ने बताएका छन्।

एक कार्यक्रमकाबिच पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै, युक्रेन र रुसबिचको द्वन्द लम्ब्याएर, अमेरिकाले आर्थिक र भू–रणनीतिक रूपमा नहारेको,तर युक्रेन र रुसबीच चलिरहेको द्वन्द्वमा आर्थिक र भू-रणनीतिक दुवै रूपमा युरोपियन युनियनले नराम्रो पराजय भोग्नु परेको उनले बताएका छन्। साथै, यो टकरावकाबीच आर्थिक रुपमा रुसले पनि नहारेको, बरु रुबल झन-झन बलियो बन्दै गएको उनले बताएका छन्।

युक्रेनका जनतासँग आफ्नो ऐक्यबद्धता व्यक्त गर्दै , अब ईयूले नै युद्ध अन्त्य गर्न सबै प्रयत्न गर्नुपर्ने उनले बताएका छन्। यस युद्दमा युरोपियन युनियनले हारेको र युनियनको नेतृत्व, दूरदृष्टि र रणनीतिको अभावले यो सब भएको सिप्रासले दावी गरेका छन्।

रुस विरुद्ध लगाइएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरू के साँच्चिकै सहि साबित भएको छ?, या हामी आफ्नो खुट्टामा आँफै बन्चरो प्रहार गर्दैछौं भन्ने प्रश्न गर्दै, उनले आर्थिक नाकाबन्दी र प्रतिबन्धहरुबारे पुन: मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्।
युद्द लम्ब्याउने तिर नलागी,युरोपियन युनियनले आफ्नो स्वार्थको रक्षा नगरेसम्म सिङ्गो युरोपियन युनियनको अस्तित्व समस्यामा पर्ने उनले बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५