कर्मचारी सरुवा र राजनीतिक नियुक्ति रोक्न निर्वाचन आयोगको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
nirwachan

निर्वाचन आयोगले आजदेखि कर्मचारी सरुवा र राजनीतिक नियुक्तिसम्बन्धी सबै निर्णय रोक्न सरकारलाई निर्देशन दिएको छ ।

आगामी निर्वाचनमा असर नपर्ने गरी आयोगले कर्मचारी सरुवा र राजनीतिक नियुक्तिका लागि दिएको समयसीमा आजाबाट सकिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले कर्मचारीको सरुवा र नियुक्ति भाद्र २० गते भित्रमा टुंगो लगाउन यसअघि नै सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । आयोगका अनुसार नियमित बढुवा र पदस्थापनामा भने कुनै पनि प्रकारको रोक लगाइएको छैन।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५