आहा रारा गोल्डकपको उद्घाटन खेल सहारा र पुलिस क्लबबीच

  • नेपाल राष्ट्रिय दैनिक
  • February 2, 2025
aahaa rara goldcup

पोखरा- सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै आगामी मंगलबारदेखि पोखरामा सुरु हुने २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको बताएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र जर्सी अनावरण गर्दै मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच हुने पनि आयोजकले बताएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्स, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लब ,आयोजक सहारा, एपीएफ, ब्रिगेड ब्वाइज युके र थन्डरबोल्ट नर्थ युनाइटेड अफ सिक्किमले प्रतिष्पर्धा गर्नेछन।

मनाङ ७ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले यस पटक भने प्रतियोगितामा भाग लिएको छैन।

प्रतियोगिताको विजेताले रु. १,२०१,००० र उपविजेताले रु. ६,०१,००० प्राप्त गर्नेछ। प्रतियोगितामा प्रि-क्वार्टरफाइनल खेलहरूको टिकट मूल्य सामान्यको लागि रु. १०० र विशिष्टको लागि रु. २०० रहेको छ। सेमिफाइनलको टिकटको मूल्य सामान्यको लागि रु. २०० र विशिष्टको लागि रु. ४०० हुनेछ।

प्रतियोगिताबाट आएको पैसा क्लबद्वारा सञ्चालित सूर्य बहादुर केसी एकेडेमीमा अनाथ बालबालिकाहरूको लागि खर्च गरिने आयोजकले बताएका छन्। प्रतियोगिता माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुनेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५