जेठ १४, काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले जिम्बावेमा हुने आइसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा आईसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले एसीसी प्रिमियर कपमा रहेका १४ सदस्यीय टोलीमा दुइ खेलाडी थप गर्दै विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।
यसअघि घोषणा गरिएको २२ सदस्यीय टोलीबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्।
विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकाका नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ। त्यसका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ।
जिम्बावेमा नेपालले जेठ ३० गते युएई र जेठ ३२ मा ओमानसँग अभ्यास खेल खेल्नेछ।
छनोटमा नेपाल वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स सहित समुह ए मा रहेको छ भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन्।
प्रतियोगिता असार ३ देखि २४ गतेसम्म हुनेछ भने,छनौट भएका नेपालि खेलाडीमा, रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्