शीर्ष नेताहरूलाई संसदमा ल्याउनेगरि सिट बांडफांडमा सहमति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 12, 2022
five party karyadal YiOui5f2Cy

सत्तारुढ गठबन्धनले आगामी निर्वाचनको लागि सिट बांडफांड गर्न कृष्ण प्रसाद सिटौला संयोजक रहने गरि गठन गरेको ११ सदस्यीय कार्यदलले सिट बांडफांडको लागि सैदान्तिक सहमतिको आधारहरु तय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले २०७४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पाएको मत र शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको संवेदनशीलतालाई ख्याल गरेर सिट बांडफांडको मोडालिटी तय गरिने सैदान्तिक सहमति गरेको हो ।

२०७४ को निर्वाचनमा पार्टीका शीर्ष भनिएका नेताहरु नै पराजित भएर संसद बाहिर रहनुपरेको वर्तमान अवस्थालाई ध्यानमा राख्दै शीर्ष नेताहरुलाई जित दिलाउने गरि सिट बांडफांडको मोडालिटी तय गरिने सहमति गरिएको हो। कांग्रेसका विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, आरजु राणा, रमेश लेखक, डा. प्रकाशशरण महतलगायतका नेताहरु अहिले संसद बाहिर रहेका छन् भने गठबन्धन दलका अन्य महत्वपूर्ण मानिएका नेताहरु पनि संसद बाहिर छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५