एसियाडमा सहभागी टोलीलाई प्रधानमन्त्रीको बिदाइ

  • नेपाल राष्ट्रिय दैनिक
  • September 15, 2023
asiad game

काठमाडौँ- यही असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली खेलाडी टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको भन्दै यसअघि घोषणा गरिएको खेलाडीको पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भएपनि घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन्। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको पनि उपस्थिति रहेको थियो।

यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा १ सय २७ महिला र १ सय २६ पुरुष खेलाडी सहभागी छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५