तीन जना किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
suicide

श्रावण ८,झापा : नेपाल–भारत सीमा क्षेत्रमा पर्ने झापाको कचनकवल –५ पाठामारीको बेल्लेगाउँमा तीन जना किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

शनिबार ११ बजेदेखि घुम्न भनेर निस्किएका तिन जना किशोरी सुनकोसी चिया बगानको बयरको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।चिया बगानमा मजदुरी गर्दै आएका १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेश रहेको प्रहरीले जनाएको छ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५