काठमाडौं – सर्वोच्च अदालतले म्याग्दी जिल्लामा निर्माणाधीन मिस्त्री खोला–२ जलविधुत आयोजनाको भौतिक पूर्वाधार निर्माण तत्काल रोक्न परमादेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले जलविधुत आयोजनाको निर्माण कार्यले तातोपानी कुण्ड (तातो पानीको मुहान) लाई अपूरणीय क्षति पु¥याउने भन्दै उक्त आदेश दिएको हो ।
यसअघि आयोजनाले तातो पानीको मुहानको मुहानमा प्रत्यक्ष असर पर्ने भन्दै अदालतले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन खारेज गरेको थियो ।
उक्त आयोजनाको विकासले तातो पानीको मुहान सुकाएर त्यहाँको वातावरणमा गम्भीर असर पर्ने भन्दै रुमलाल पुन, खिम्माया तिलिजालगायत १८ स्थानीयले सर्वोच्चमा निवेदन दिएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्