स्थानीय तहलाई आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • January 23, 2024
samanya prasashan mantralaya ministry

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक रोजगारीको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै गत आर्थिक वर्षमा कार्यान्वयनमा आएका रोजगारी सिर्जना सम्बन्धी आयोजना तथा कार्यक्रमको विवरण उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरेको छ । सुचना अनुसार सात दिनभित्र विवरण बुझाउनुपर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ देखि ‘घरेलु रोजगार प्रवद्र्धन दशक’ अभियान सञ्चालन गर्न कानुनी र नीतिगत संरचना निर्माण गर्न, घरेलु रोजगार प्रवद्र्धन गर्ने निकायलाई पूर्ण जवाफदेही बनाउन,स्थानीय तह अन्तर्गतका रोजगार सेवा केन्द्रहरूबाट एकीकृत श्रम तथा रोजगारी सेवा प्रवाह गर्ने र एकीकृत रूपमा रोजगारीसम्बन्धी गतिविधि विस्तार गर्न मन्त्रालयले स्थानीय तहसँग विवरण माग गरेको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५