दोलखाको विभिन्न स्थानमा बाढी र पहिरो: करिब ७० घरपरिवार विस्थापित

  • नेपाल राष्ट्रिय दैनिक
  • July 25, 2022
dolakha flood

दोलखाको तामाकोसी गाउँपालिका -४ मालुखोला बजारमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले १५ भन्दा बढी घरहरुमा क्षति भएको छ।

बाढी र पहिरोले क्षतिग्रस्त घरहरुबाट प्रभावितहरुलाई प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा उद्दार गरिएको छ। बाढी र पहिरोले मालुखोला सडक खण्डमा यातायात सेवा अवरुद्द बनेको छ भने सो क्षेत्रमा विधुत आपूर्ति पनि बन्द भएको छ।

त्यसैगरी,अविरल बर्षासंगै आएको पहिरोले शैलुङ गाउँपालिका-८ मा ३० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरोले बिगु गाउँपालिका-४ सिंगटी बजारका २५ भन्दा बढी घरपरिवार प्रभावित बनेका छन् भने भीमेश्वर नगरपालिका-२ डाक्थलीमा पनि पहिरोले क्षति पुर्‍याएको छ।

तस्विर:कान्तिपुर

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५