किन बन्द गरियो मेलम्चीको पानी ?

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ जेष्ठ २०७९, मंगलवार १२:००
Headworks melamchi


सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरेसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द हुने भएको छ ।

वर्षायाम सुरु भएको कारण सुरुङको ढोका बन्द गर्नुपरेको मेलम्ची खानेपानी विकास समितिले बताएको छ। सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको भएपनि वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको बताइएको छ।
नियमित बर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने गरि सुरुङ्गको मूल ढोका बन्द गरिएको मेलम्चीको पानि अब कार्तिकबाट मात्र वितरण गरिने आयोजना समितिले जानकारी दिएको छ।

मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको बताउँछन् ।

२०७८ सालमा आएको बाढीले आयोजना क्षतिग्रस्त भएको कारण सोहि अवस्था र जोखिम दोहोरिन सक्ने अनुमान गर्दै आयोजनाले मेलम्चिको मूल गेटनै बन्द गरेर कार्तिकसम्म पानि वितरण नगर्ने योजना अघि सारेको हो।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५