बेलायती नागरिकहरूले बढ्दो मूल्यको विरोधमा ऊर्जा बिलहरू जलाए

  • नेपाल राष्ट्रिय दैनिक
  • October 2, 2022
burning energy bills in uk

ऊर्जाको मूल्यवृद्धिको विरोध गर्दै हजारौं बेलायती नागरिकहरूले आफ्ना ऊर्जा बिलहरू जलाएका छन् ।

बेलायतका विभिन्न शहरबाट निस्किएको नागरिकहरुको र्‍यालीले ऊर्जाको बिल जलाएर विरोध प्रदर्शन गरेका थिए । प्लेकार्ड र ब्यानर सहित प्रदर्शनमा उत्रिएका मानिसहरूले शहरका विभिन्न क्षेत्रमा सरकार विरोधी नाराबाजी समेत गरेका थिए।

नयाँ ऊर्जा मूल्यले प्रति घरपरिवारको बिल औसत £१९७१ बाट वार्षिक रूपमा £२५०० मा वृद्धि गरेपछि विरोध प्रदर्शन सुरु भएको हो। यता उर्जा अधिकारीहरूले भने आगामी वर्ष ऊर्जा बिल बढेर £ ६५०० सम्म पुग्न सक्ने अनुमान गरेका छन्।

रुस युक्रेन युद्दलाई लिएर नाटो राष्ट्रहरुले रुसलाई लगाएको आर्थिक प्रतिबन्धसँगै युरोपियन मुलुकहरुमा उर्जा संकट बढ्दै गएको छ भने उर्जाको मूल्य इतिहासकै उच्च कायम हुन पुगेको छ।

https://nepalrastriyadainik.com/%e0%a4%b0%e0%a5%81%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%bf-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५