भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुको सपथग्रहण

  • नेपाल राष्ट्रिय दैनिक
  • July 25, 2022
draupadi president india

द्रौपदी मुर्मुले आज भारतको १५औँ राष्ट्रपतिको रुपमा सपथ लिएकी छन् । उनलाई उप-राष्ट्रपति र राज्यसभाका अध्यक्ष एम वेंकैया नायडू र लोकसभा अध्यक्ष ओम बिर्लाले केन्द्रीय हलमा लिएर पुगेका थिए।

पूर्वराष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति तथा राज्यसभाका अध्यक्ष एम वेंकैया नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संसदको सेन्ट्रल हलमा आयोजित एक समारोहमा उनलाई भारतका प्रधानन्यायाधीश एनभी रमानाले सपथ गराएका थिए।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा, मुर्मुले आफु शीर्ष संवैधानिक पदमा निर्वाचित हुनुले भारतमा गरिबहरूले सपना मात्र होइन ती आकांक्षाहरू पूरा गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताइन्। द्रौपदी भारतको राष्ट्रपति पदको सपथ लिने सबैभन्दा कान्छी व्यक्ति हुन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५