जसपाका मन्त्रीहरु हटाउन प्रधानमन्त्रीको तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • October 11, 2022
Sher bahadur deuba 1599401439

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको बताइएको छ ।

जसपाले गठबन्धन छाडेर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँगको समन्वयमा निर्वाचनमा जाने तयारी गरेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्री हटाउने तयारी थाल्नुभएको बुझिएको छ। जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई हटाउने तयारि गर्दै गर्दा,निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवाले निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर निर्णय गर्ने गठबन्धनका नेताहरुले बताएका छन्।

प्रधानमन्त्री देउवाले उनीहरुलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा पनि प्रमुख निर्वाचन आयुक्तसँग परामर्श गरेको स्रोतले जनाएको छ । तर आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीलाई बर्खास्त गर्न मिल्ने भएपनि राजनीतिक नियुक्ति गर्न नसकिने बताएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव गठबन्धन सरकारको मन्त्रिपरिषदमा रहेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५