मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2024
mugu district soru gaunpalika

मुगु- मुगुको सोरु गाउँपालिका–६ पुरुमुरुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।

भाइरल ज्वरोका कारण, ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति चट्याल र पुरुमुरुकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको स्थानीयले बताए ।

जिल्लाका पुरुमुरु, जिमा, भीए, नाथरपु, ख्वाल्चालगायतका गाउँका सर्वसाधारण भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला अस्पताल यस्ता बिरामीले भरिभराउ छ ।

पूरै गाउँ बिरामी भए पनि स्थानीय सरकारबाट कुनै सहयोग नभएको उनीहरुले बताएका छन् । उपचार नहुँदा गरिबहरु मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा प्यारासिटामोल समेत नपाएको स्थानीयको गुनासो छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकको टोलीसँग सोरु गाउँपालिका, पुरुमुरु र जिमा गाउँका १५० भन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।सोका कारण बिरामीको संख्या बढेकोले भाइरल ज्वरो नियन्त्रण गर्न केही समय लाग्ने जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले बताए । बारम्बार पसिना आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, भोक नलाग्ने, कमजोर महसुस हुनु भाइरल ज्वरोका लक्षण हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५