सत्ता गठबन्धनमा सिट बांडफांड अझै अन्यौल

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2022
five party karyadal YiOui5f2Cy 1

लामो समय र पटक-पटकको बैठक र छलफलपछि पनि गठबन्धन दलका शिर्ष नेताहरुले आगामी निर्वाचनको लागि सिट बांडफांडको विषयबारे ठोस निर्णय गर्न सकेका छैनन्।

गठबन्धन दलले आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि बनाएको कार्यदलले पनि बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सिट संख्या विना नै आफ्नो प्रतिवेदन बुझाएको हो ।

कार्यदलले प्रतिनिधि सभा र प्रदेश सभातर्फका निर्वाचन क्षेत्रमा सहमति जुटाएर प्रतिवेदन बुझाएको जनाएको छ। यधपी, कार्यदलले कसलाई कहाँ कति सिट बांडफांड गर्ने विषयमा भने कुनै निर्णय नगरेको र यसको जिम्मा पार्टीका शिर्ष नेताहरुले नै गर्ने जनाएको छ।

सहमति भएका विषय समेटेर प्रतिवेदन पेश गरिएको र सहमति हुन बाँकी विषयमा शिर्ष नेताहरुले नै टुङ्गो लगाउने कार्यदलले जनाएको छ।

कार्यदलको प्रतिवेदन पछि पनि शिर्ष नेताहरु सिट बांडफांडको विषयमा ठोस निष्कर्षमा पुग्न नसकेपछि भोलि फेरी बस्ने गरि आजको बैठक टुंगिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५