सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकार विरुद्ध मुद्दा दर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • July 10, 2023
sarkari okil karyalaya2022 01 06 04 25 52

असार २५ , काठमाडौं – वान एक्स बेट नामकोसट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ(बल्छी धुर्बे), राजु पौडेलसहितका कलाकारहरु विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोहि अभियोगमा सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरे विरुद्ध पनि मुद्दा दर्ता गरेको छ भने सो मुद्दामा एक जना फरार रहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग सहित ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५