आईसीसी यू–१९ महिला टि–२० विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको नेपालले आज भएको खेलमा भने भुटानलाई ४ विकेटले पराजित गर्दै विश्वकप छनोट खेलमा यू-टर्न लिएको छ।
विश्वकप छनोट अन्तर्गत कतार विरुद्धको पहिलो खेलमा ७९ रनको सानदार जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा युएईसँग लज्जास्पद हार व्यहोरेपछि नेपाली समर्थकहरु चिन्तित बनेका थिए।
तर आजको खेलमा ६७ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली खेलाडीको टोलीले १३.१ ओभरमा ६ विकेट गुमाउंदै जित हाँसिल गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६६ रन जोड्न सफल भएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्