कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका दुई नयाँ मन्त्री नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • August 29, 2022
Karnali Sarkar

माओवादी केन्द्रका दुई नेतालाई कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई मियुक्त गरिएको हो। शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद रहेका छन्।
नवनियुक्त दुई मन्त्रीलाई आज नै प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको बताइएको छ।

माओवादीले यस अघिका दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर नयाँ मन्त्रि नियक्त गरेको हो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५