मोर्चा बनाउन मधेशकेन्द्रित आठ दल छलफलमा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2025
madheshi dal party

काठमाडौं – संविधान संसोधनको विषय चलिरहेको र माग १८ गतेबाट संसदको हिउँदे अधिवेशन सुरु हुनै लाग्दा संविधान संसोधनको विषयमा एक हुनेगरी मोर्चा बनाउन सक्रिय विभिन्न आठ वटा मधेशी राजनीतिक दलहरू छलफलमा जुटेका हुन् ।

अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरूबीच छलफल चलिरहेको हो ।

संसद्‌मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको उनीहरुले बताएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५