नागरिकता विधेयक अगाडि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

  • नेपाल राष्ट्रिय दैनिक
  • June 22, 2022
Sher bd

सत्तारुढ गठबन्धनको आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संसदमा विचाराधीन रहेको नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ ।

प्रधानमन्त्री देउवाको प्रस्तावलाई समर्थन गर्दै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले,बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्‍याउने बारेमा छलफल केन्द्रित भएको जानकारी दिनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५