नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले चुनावी प्रचारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।
कांग्रेस नेता राणाले चुनावी प्रचारका क्रममा विवादित अभिव्यक्ति दिएको बारे आयोगले उनीसंग स्पष्टिकरण सोध्ने बताएको छ।
उनले चुनावमा सहयोग गर्ने युवाहरुलाई फ्री भिसा फ्री टिकटमा रोजगारीका लागि मलेसिया पठाउने वाचा गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। त्यसैगरि उनले नेपाली कांग्रेसले चुनाव नजितेका स्थानीय निकायको बजेट कटौती गर्ने भन्दै काँग्रेसलाई भोट हाल्नुपर्ने बताएको भिडियोको पनि सामाजिक संजालमा चर्को आलोचना भएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्