निलम्बित प्रधानन्यायाधीश विरुद्धको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज

  • नेपाल राष्ट्रिय दैनिक
  • August 17, 2022
Cholendra Shamsher Rana

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न बनेको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज बिहान ११:३० बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने भएको छ।

जिम्मेवारीविपरीतका कार्य गरेको,न्यायालयमा विचलन ल्याएको लगायतका २१ वटा आरोपहरु लगाउँदै गठबन्धन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर फागुन १ गते प्रतिनिधिसभामा जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए।

फाल्गुन २२ गते बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमा छानविन गर्न ११ सदस्यीय समिति समेत गठन गरेको थियो। त्यसैगरी,श्रावण २२ गते बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्धको महाभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर महाभियोग सिफारिस समितिमा पठाउने निर्णयलाई बहुमतले पारित गरेको थियो।

आज बस्ने समितिको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा कार्यविधिका विषयमा छलफल गरेर प्रारम्भिक अध्ययन सुरु गरिने समितिले जनाएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%9c%e0%a4%ac%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%aa/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५