काठमाडौं – डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै आफ्नो “मेक अमेरिका ग्रेट अगेन” को चुनावी नारा अन्तर्गत रहेको अवैध आप्रवासीलाई घर फर्काउने नीतिमा अमेरिकी सरकारले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरुको संख्या सार्वजनिक गरेको छ ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरुको सूचीमा १ हजार ३६५ जना नेपाली पनि रहेका छन्।
अमेरिकी सरकारले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेपछि यसअघि अमेरिकाले कोलम्बिया, मेक्सिको र ग्वाटेमाला जस्ता देशबाट अमेरिका आएर बसेका अवैध नागरिकहरुलाई उनीहरुको देश फर्काउने अभियान सुरु गरिसकेको छ । अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।
निष्काशन हुनेमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।त्यसैगरी,चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासन गरिने सूचीमा रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्