प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्वाचन आयोगको आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • November 2, 2022
deuba

प्रधानमन्त्री शेरबहादुर देउवाको कात्तिक १७ गतेदेखि २० गतेसम्मको लागी तय भएको डडेल्धुराको चुनावी यात्रा स्थगित गर्न निर्वाचन आयोगले आदेश दिएको छ ।

सरकारी खर्चमा चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारी गरेको भन्दै आयोगले उनको यात्रा स्थगित गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको भएपनि, बुझ्दै जाँदा उहाँ सरकारी कामका लागि नभई चुनाब प्रचारप्रसारकै लागि जान खोजेको देखिएको र सरकारी खर्चमा जाने तयारि गरेको बुझिएकोले उनको यात्रा स्थगित गर्न निर्देशन दिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने र सरकारी खर्चमा त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउने भनि उल्लेख गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५