पुटिनलाई भेट्न रुस पुगे उत्तर कोरियाली नेता किम जोङ उन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2023
kim jong un

उत्तर कोरियाका नेता किम जोङ उन राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका लागि रुस पुगेका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको सशस्त्र रेल मंगलबार बिहान रुसमा प्रवेश गरेको पुष्टि गरेको छ। किमको भ्रमण टोलीमा उत्तर कोरीयाली सैन्य कर्मचारी लगायतका उच्च सरकारी अधिकारीहरू समेत रहेका छन्।

किम जोङ उनको रुस भ्रमणलाई लिएर, रुस र उत्तर कोरियाले हतियार सम्झौताको बारेमा छलफल गर्न सक्ने सम्भावना रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

युक्रेन द्वन्दकोबीच किम र पुटिनको यो भेटलाई पश्चिमाहरुले निकै चासोको साथ लिएको देखिन्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५