पुरानै शैलीमा आफु निकटका व्यक्तिहरुलाई खल्तीबाट झिकेर मन्त्रि बनाइयो
काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको असार २९ गतेको बैठकले योगदान र योग्यताको मुख्य आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिई मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो । तर कार्यसम्पादन समितिले बनाएको मापदण्ड नै बिर्सिएर सरकारमा मन्त्री पठाउँदा समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको भन्दै काँग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
कांग्रेस पार्टी भित्रैका नेताहरुले पुरानै शैलीमा आफु निकटका बफादार र अनुकूल व्यक्तिहरुलाई खल्तीबाट झिकेर मन्त्रि बनाएको समेत आरोप लगाएका छन्।
कांग्रेसले पठाएका दस मन्त्रीमा दलितको प्रतिनिधित्व शून्य रहेको र गण्डकी प्रदेशबाट एक जना पनि नपरेपछि, मन्त्री चयन गर्ने मापदण्डलाई ध्यान नदिई समावेशिता र क्षेत्रीय सन्तुलनलाई उपेक्षा गरेको बताइएको छ।
कांग्रेस सांसद राजेन्द्र बजगाईंले कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य शंकर भण्डारी, कमला पन्त, राजु थापा लगायत सांसदहरूको उपस्थिति रहेको भेलामा,प्रदेश र समावेशितालाई कांग्रेस नेतृत्वले उपेक्षा गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।
त्यसैगरी स्काउटको जग्गा हडपेर करोडौं भाडा नदिएको आरोपसमेत लाग्दै आएको र जलबिधुत क्षेत्रमा समेत लगानी गरेका दीपक खड्कालाई स्वार्थ बाझिने गरी मन्त्री बनाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको देखिन्छ ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्