नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको नियम उल्लंघन गर्ने आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा केन्द्रीय बैंकको नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक , मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो।
राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजत प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५/०७९ को बुँदा नं. ३(८) को व्यवस्थाविपरीत प्रिमियम दर बढाएर ग्राहकबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपयले फिर्ता नगरेको र आव २०७९/८० मा पुन: निर्देशनविपरीत प्रिमियम दर बढाइएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय सञ्चालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, डी/ई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ को बुँदा नं. ८ (५) को व्यवस्थाविपरीत पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा निष्क्रिय कर्जाहरुको समेत पुनरतालिकीकरण/पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गीकरण गरेको पाइएकाले ग्लोबल आईएमई र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिइएको छ।
साथै उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमनन गरी राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६र०७९ को बुँदा नं. २ को सञ्चालकरसञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैंकबाट जारी निर्देशन उल्लंघन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्