कांग्रेसभित्रका शेखर कोइराला समूहले प्रतिनिधिसभाको १६५ सिटमध्ये सयभन्दा कममा सहमति गरेमा पार्टीभित्र विद्रोहको वातावरण सिर्जना हुने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन लचकता देखाउँदै आएका बेला शेखर कोइरालाले भने प्रतिनिधि सभा निर्वाचनमा सय सिटबाट पछि नहट्ने अडान लिएका छन् ।
कांग्रेसमा विद्रोह भएमा गठबन्धनलाई पनि फाइदा नहुने भन्दै कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि आफ्नो कुरा राखेको बताउनुभएको छ ।
कोइरालाले पार्टीभित्रको टिकट बाँडफाँड पनि निष्पक्ष रुपमा हुनुपर्ने र टिकट बाँडफाँड निष्पक्ष हुन नसके चुनावको परिणाममा धेरै असर पर्ने समेत बताउनुभएको छ ।
सिट बांडफांडको विषयलाई लिएर गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । गठबन्धनको बैठकअघि बिहान देउवा र दाहालबीच ‘वान टु वान’ छलफल पनि भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्