बाइडेन प्रशासनले अमेरिकालाई घुँडा टेकाएको ट्रम्पको आरोप

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
donald trump

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट शिखर सम्मेलनलाई सम्बोधन गर्दै अमेरिका भिखारी राष्ट्र बनिसकेको बताएका छन् । ट्रम्पले डेमोक्र्याट र बाइडेन प्रशासनले अमेरिकालाई घुँडा टेकाएको आरोप समेत लगाएका छन् ।

मुद्रास्फीति ४९ वर्ष यताकै उच्च भएको, तेलको मूल्य वृद्धि भएको र अपराधका शृंखलाहरु बढेको भन्दै ट्रम्पले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति जो बाइडेनले साउदी अरेबिया भ्रमणको क्रममा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग तेल उत्पादन बढाउन र रूसबाट भैरहेको आपूर्तिमा विश्वव्यापी निर्भरता कम गर्न गरेको आग्रहप्रति संकेत गर्दै, अमेरिकाले आफ्नो ऊर्जा स्वतन्त्रता समेत गुमाएको ट्रम्पले बताएका छन्।

विश्वमा नै अमेरिकाले एकपछि अर्को ऐतिहासिक अपमानको सामना गरिरहेको भन्दै डेमोक्र्याटद्वारा शासित शहरहरूमा हत्याको शृंखला समेत बढेको बताएका छन्। ट्रम्पले आगामी मध्यावधि चुनावमा अमेरिकी जनताले “जो बाइडेन, न्यान्सी पेलोसी, चक शुमर र कट्टरपन्थी वामपन्थीको असफल शासनलाई अस्वीकार गर्नेछन्र र अर्को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीले विजय प्राप्त गर्ने बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५