डलर र युरोको विश्वसनीयता नष्ट भएको छ – पुटिन

  • नेपाल राष्ट्रिय दैनिक
  • १० चैत्र २०७८, बिहीबार ०९:५०
russian president vladimir putin 1646498617

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश विरुद्ध पश्चिमी प्रतिबन्धले दुई प्रमुख पश्चिमी मुद्राहरू यूरो र डलरको विश्वसनीयतालाई नष्ट गरेको बताएका छन् ।

युक्रेनमा जारी सैन्य आक्रमणको जवाफमा मस्कोमाथि व्यापक प्रतिबन्ध लगाउन धेरै अमेरिकी सहयोगीहरू एकसाथ सामेल भएपछि रुसी राष्ट्रपति पुटिनले अब यूरोप र अमेरिकालाई समान बेच्दा डलर र यूरोको प्रयोग गर्नुको अर्थ नरहेको बताएका छन्। साथै उनले अब रुसले आफ्ना विरोधि राष्ट्रहरुसंगको व्यापारमा रुसी मुद्रा रुबलको प्रयोग गर्ने पनि बताएका छन्।

“पछिल्ला केही हप्ताहरूमा, तपाईलाई थाहा छ, धेरै पश्चिमी देशहरूले रूसी सम्पत्ति फ्रिज गर्ने गैरकानूनी निर्णयहरू अपनाए,” पुटिनले भिडियो लिङ्क मार्फत आयोजित सरकारी बैठकमा उल्लेख गरे। पश्चिमले वास्तविक रूपमा आफ्नो मुद्राको विश्वसनीयतालाई नष्ट गरेको उनले बताएका छन्।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५