कानुनमन्त्रि बडूको अभिव्यक्तिप्रति विरोध जनाउंदै संसद बैठक स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • May 27, 2022
partinidhi sava meeting sansad bhawan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा गरेको टिप्पणीप्रति उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

मन्त्री बडूले नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेको र ‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भन्ने अभिव्यक्ति दिए पछि नेकपा एमालेका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सो अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने पनि माग गर्नुभएको छ । साथै , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने र आरोप पुष्टि गर्न संसदीय छानबिन समिति बनाउन पनि चुनौती दिएको छ। एमालेको अवरोध पछि अहिले संसद बैठक स्थगित गरिएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५