बञ्चरेडाँँडामा प्रहरी र स्थानियबिच झडप:प्रहरीद्वारा हवाई फायर र अश्रुग्याँस प्रहार

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2022
sisdol bancharedada

काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँँडा गएको गाडीलाई स्थानिय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको छ ।

फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि प्रहरी र स्थानीयबासिन्दाबीच सुरु भएको तनावको क्रममा स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो। स्थानीयबासिन्दाले ढुङ्गा र गुलेलीले प्रहरीमाथि प्रहार गर्न थालेपछि सुरु भएको झडपको क्रममा प्रदर्शनमा उत्रिएका स्थानिय बासिन्दाको भिडलाई तितर-वितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर प्रयोग गरेको प्रहरीले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५