आजदेखि एक महिने संयुक्त सैन्य अभ्यासमा नेपाली र अमेरिकी सेना

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2022
american army jont training

नेपाली सेना र अमेरिकी सेनाले आजदेखि एकमहिने संयुक्त सैन्य अभ्यास सुरु गर्ने भएको छ।

नेपाली सेनाको रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आजदेखि भाद्र ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। छाउनी र नगरकोट इलाकामा नेपाली सेनाका ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जनाले उक्त सैन्य अभ्यासमा सशस्त्र द्वन्द्वसम्बन्धी कानुन र सैन्य निर्णय प्रक्रिया लगायतका विषयमा सैन्य अभ्यास गर्नेछन्।

सन् २०१५ देखि नेपाली सेनासंग ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ सैन्य अभ्यास सुरु गरेको अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डकाटेलको नेतृत्वमा सोमबार नेपाल आइसकेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५