एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै:यसरी हेर्न सकिन्छ नतिजा

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
rastriya pariksha board neb

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०(एसईई) को नतिजा आज सार्वजनिक गर्ने जनाएको छ।उत्तरपुस्तिका संकलनमा ढिलाई भएको कारण यसपटक नतिजा ढिलो गरि सार्वजनिक भएको हो। वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार परीक्षार्थीले परिक्षा दिएका थिए। यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइई परीक्षा दिएका थिए।

पछिल्लो दुई वर्ष कोरोना संक्रमणको कारण आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको भएपनि, यो वर्ष भने भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर विद्यार्थीहरुले परीक्षा दिएका थिए।

यसरी हेर्न सकिन्छ नतिजा

SEEको नतिजा सजिलै सगं प्राप्त गर्नको लागि Landline/Mobile बाट 1600 डायल गरि निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट SEE<SPACE>SYMBOL NUMBER टाइप गरि 1600 मा पठाउनुहोस्। यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट https://see.ntc.net.npपनि नतिजा थाहा पाउन सकिन्छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५